अमेरिकाको क्यालिफोर्नियामा आँधी, १७ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ । गत मंगलबारबाट सो आँधी सुरु भएको र बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या १७ पुगेको बताइएको छ ।

अमेरिकाको सबैभन्दा बढी जनसंख्या रहेको सहर क्यालिफोर्नियामा आँधीबाट ती नागरिकको मृत्यु भएको र केही भौतिक संरचनामा पनि क्षति पुगेको हो । आँधीसँगैको वर्षाबाट बाढी र पहिरो पनि गएको अधिकारीहरूले जनाएका छन् । 

यहाँका मौसमसम्बन्धी अधिकारीहरूले आँधीका कारण केही वर्ष यताकै ठूलो क्षति भएको जनाएका छन् । उनीहरूले सडक भत्किएका र यहाँका बिजुली तथा ग्यासका पाइपसम्बन्धी संरचनाहरूमा क्षति पुगेको छ । 

मौसम पूर्वानुमान शाखाका अधिकारीहरूले आँधीको सम्भावना रहेकाले बुधबार पनि घर बाहिर ननिस्कन सर्वसाधारणलाई सूचना जारी गरेका छन् । यस आँधीले यहाँका जनावर तथा चौपाया पनि मरेका छन् ।

यस क्यालिफोर्निया राज्यको दक्षिणी क्षेत्र आँधीबाट बढी प्रभावित भएको छ । सो क्षेत्रका हजारौं मानिसलाई उद्धार गरेर अन्यत्रै लैजानुपर्ने बताइएको छ । तर आँधी निरन्तर रहेकाले उनीहरूको उद्धारमा पनि कठिनाइ उत्पन्न भएको बताइएको छ ।

सो राज्यमा संकटकालको घोषणा गरेर आवश्यक उद्धार कार्य गर्नका लागि अमेरिकी सरकारले अधिकार प्रदान गरेको छ । आँधी अरू केही दिनसम्म रहनसक्ने भन्दै यहाँको राज्य सरकारले भने सबै नागरिकलाई सतर्क रहन भनेको छ ।



यहाँ चिसो मौसममा पनि यस्तो आँधी आउने गर्दछ । सन् २०१८ को जनवरीमा पनि यस्तै आँधीका कारण कम्तीमा पनि २३ जनाको ज्यान गएको थियो । 



  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १३:३७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया