लुम्बिनीका मुख्यमन्त्री गिरीले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री लीला गिरीले बिहीबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

त्यस्तै दुई जना बिना विभागीय मन्त्रीहरूले पनि शपथ लिएका छन् । नेकपा माओवादीकी कृष्णा केसी र एमालेका चेतनारायण आचार्यले पनि पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

मन्त्री छनौटका विषयमा नेकपा माओवादीभित्रको आन्तरिक सहमति हुन नसक्दा कृष्णालाई बिना विभागीय मन्त्रीको रूपमा शपथ खुवाइएको हो । आचार्यलाई पनि बिना विभागीय मन्त्रीका रूपमा शपथ दिइएको छ ।  





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १५:१६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया