घुस लिने पूर्वआयुक्त पाठक र घुस दिने न्याैपाने दुवै दाेषी ठहर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक भ्रष्टाचार अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतले बिहीबार उनलाई दोषी ठहर गरेकाे हाे । 

विशेष अदालतका प्रमुख श्रीकान्त पौडेल, न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बाँस्तोलाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।

घुस लिएको अभियोगमा अख्तियारले आयुक्त पाठकविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियाे । उनलाई ३९ लाख रुपैयाँ जरिवाना तोकिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिएका छन् । 

अदालतले उनीसँगै घुस काण्डमा जोडिएका लम्बोदर न्यौपानेलाई पनि दोषी ठहर गर्दै ३९ लाख जरिवाना र तीन वर्ष कैद सजाय सुनाएको छ ।





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १८:५५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया