सन्दीप लामिछाने शुक्रबार थुनामुक्त हुने

क्रिकेटर सन्दीप लामिछाने शुक्रबार मात्र थुनामुक्त हुने भएका छन् । उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी शुक्रबार थुनामुक्त हुने भएका हुन् ।

बिहीबार उच्च अदालत पाटनले २० लाख धरौटीमा उनलाई छाड्न आदेश दिएको हो ।

उक्त रकम बिहीबार बुझाउन ढिला भएकाले उनी शुक्रबार मात्र थुनामुक्त हुने भएका हुन् । 

उच्च अदालत पाटनका न्यायाधीशहरु ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई ससर्त रिहा गर्न आदेश दिएको हो । सन्दीपलाई विदेश जान रोक लगाइएको छ ।






  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १९:३८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया