प्रभु बैंकको अध्यक्षमा नियुक्त सिटौलाले गरे पदभार ग्रहण

प्रभु बैंक लिमिटेड सञ्चालक समितिको अध्यक्षमा लीलाप्रकाश सिटौला नियुक्त भएका छन् । पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो । 

बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका उनले बिहीबार पदभार ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण लिएसँगै सिटौलाले आजै अध्यक्षको पदभार ग्रहण गरेका हुन् । 

नेपालको बैंकिङ क्षेत्रमा लामो कार्यानुभव सँगालेका उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेका छन् । नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भएका उनले कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए । 

सिटौलाले उक्त अवधिमा नेपालका वाणिज्य बैंकहरुको छाता संगठन, नेपाल बैंकर्स संघको कार्यसमितिमा रही कार्य गरिसकेका छन् ।





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार २०:५९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया