राप्रपा लिङ्देनको नेतृत्वमा सरकारमा जाने, उपप्रधानसहित ४ मन्त्रालयमा दाबी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको छ । लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने सम्भावना बलियो भएपछि राप्रपा सरकारमा जान लगभग तयार भएको हो । 

सत्ता साझेदार दलका शीर्ष नेताहरूका बैठकमा राप्रपाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालयमा दाबी राख्दै आएको छ । राप्रपाले ४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभातर्फ १४ सिट जितेको छ ।

एक/दुई दिनभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दैछन् । संसदबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारमा रहेका प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रालयको विषयमा बुधबार र बिहीबार छलफल भएको थियो । दुई शीर्ष नेताबीचको छलफल सकारात्मक भएको बताइएको छ ।  

सत्तारुढ दल नेकपा एमालेले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरूको सूची तयार गर्न अध्यक्ष ओलीलाई जिम्मेवारी दिएको छ । यहीअनुसार उनले आफ्नो पार्टीबाट मन्त्रीहरूको सूची तयार भएको जानकारीसमेत प्रचण्डलाई दिएका छन् । 

अब सत्तारुढ अन्य दलहरूको बैठक शनिबारभित्र बसेर मन्त्रीको टुंगो लगाउने र आइतबार नै सपथग्रहणको कार्यक्रम राख्ने प्रचण्डको तयारी रहेको स्रोतको दाबी छ ।  जसअनुसार एमालेले ९, माओवादी केन्द्रले ५, रास्वपाले एक राज्यमन्त्रीसहित ४, राप्रपाले ४, जसपाले ३, जनमत र नाउपाले २/२ मन्त्रालय पाउने भएका छन् ।  
 





  • प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार ९:८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया