प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभा बैठक विश्वासको मत लिँदैछन् । शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

नेकपा एमालेका सांसद कार्की गत १४ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए । ९३ सदस्यीय प्रदेश सभामा उनलाई एमालेको ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ सहित ६० सांसदको समर्थन छ । 

प्रतिपक्षमा नेपाली कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । विश्वासको मत लिनुअघि मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । 





  • प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार ९:५४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया