पत्नीको ट्र्याकिङ गर्न साउदी सरकारले नै बनायो एप्स

एजेन्सी– साउदी अरबमा पत्नीले के गर्दैछिन् र कहाँ छिन् भन्ने ट्«याक गर्न मिल्ने एप्सको विकास भएको छ र मानिसहरुले यसको प्रयोगलाई प्राथमिकता दिँदै आएका छन् । गुगल र एप्पलको प्ले स्टोरमा रहेको यो एप हो, अब्सर । साउदी सरकारले नै यो एप विकास गरेको हो । 

यो एप प्रयोग गर्दा महिलाले एयरपोर्टमा आफ्नो पासपोर्ट प्रयोग गरेमा यसको जानकारी उनीहरुको पतिलाई जान्छ । पुरुषले चाहे आफ्ना पत्नीलाई विमानस्थलमा नै रोक्न सक्छन् ।

सन् २०१८ मा नै साउदी सरकारको निर्देशन अनुसार यो एप्स बनाइएको हो । लन्च भएलगत्तै यो एप्स १० लाखभन्दा धेरै डाउनलोड गरेका थिए । यसको प्रयोगले आफ्ना पतिको चाहना विपरित कोही पनि महिला विदेश जान सक्दैनन् ।

डिसेम्बर २०१८ मा यो विषयमा सबैभन्दा पहिले निकै चर्चा भएको थियो जब एक युवतीले घरबाट बाहिर निस्किए लगत्तै उनलाई उनका पतिले रोके । पश्चिमा देशहरुले यसको खुलेर विरोध गरेका छन् ।

साउदी अरबमा अप्रिल २०१८ मा साइबर क्राइम रोक्नका लागि बनेको नयाँ कानुन अनुसार पति–पत्नीले एकअर्काको फोन चेक गर्न सक्दैनन् । यसलाई अपराधको श्रेणीमा राखिएको छ । 

पछिल्लो समाचारअनुसार एप्पल स्टोरले भने यो याप हटाउने निर्णय गरेको छ । 





  • प्रकाशित मिति : फागुन ४, २०७५ शनिबार १५:१६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया