जनकपुरधाममा माघ १५ गतेदेखि ‘विद्यालय स्तरीय क्रिकेट च्याम्पियनसिप’ हुने

जनकपुरधाममा ‘यु–१६ विद्यालय स्तरीय क्रिकेट च्याम्पियनसिप २०७९’ हुने भएको छ । हरिज स्पोर्टस जोनको आयोजनामा स्थानीय रंगभूमी मैदानमा माघ १५ गतेदेखि उक्त प्रतियोगिता हुने भएको हो ।

शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय क्रिकेट टिमका खेलाडीसमेत रहेका मधेस प्रदेश क्रिकेट टिमका कप्तान हरिशंकर साहले प्रतियोगितामा जनकपुरधामका निजी तथा सामुदायिक विद्यालयहरूको सहभागिता रहने जानकारी दिएका छन् । 

लिगको आधारमा हुने प्रतियोगिताहरूमा जनकपुरधाम तथा आसपासका विद्यालयहरूले भाग लिने उनले बताए । प्रतियोगितामा पहिले आउने १६ वटा टिमलाई सहभागी गराइने र त्यसभन्दा बढि संख्या भए क्वालिफाईङ्ग प्रोसेसको आधारमा छनोट गरिने साहले जानकारी दिए । 

उनले बालबालिकालाई खेलप्रति रुची जगाउन र मानसिक तथा शारीरीक रुपमा मजबुत बनाउने उद्देश्यका साथै प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । भोलिको दिनमा क्रिकेट खेलमा बालबालिकालाई अवसरलाई प्रदान गर्नु पनि यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको उनले बताए । 

प्रतियोगिताको बिजेताले आकर्षक ट्रफि, मेडल र प्रमाणपत्रहरू प्राप्त गर्नेछन् । पत्रकार सम्मेलनमा पूर्वखेलाडी एवम् प्रशिक्षक नविन सिंह, गुणबन्त बहादुर सिंहसहितको उपस्थिती रहेको थियो । 





  • प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार १७:१४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया