सन्दीप लामिछाने रिहाइमा हर्षोल्लासः बेमौसमी बाजा

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने उच्च अदालत पाटनको आदेशअनुसार २० लाख धरौटी बुझाएर शुक्रबार कारागारबाट मुक्त भएका छन् ।

बिहीबार उनलाई रिहा गर्न सर्तहरुसहित उच्च अदालतले आदेश दिए पछि यसबारे निकै धेरै बहस भएको छ । 

बहसमा केहीले यसलाई गलत तरिकाको आदेशसमेत भनेका छन् । जे होस्, ९९ दिनपछि कारागारबाट सन्दीप लामिछाने शुक्रबार रिहा भए । उनी रिहा हुँदा शुक्रबार उनका समर्थक उनको हाइहाइ गर्न कारागार बाहिर पुगेका थिए । 

उनी रिहा हुने प्रक्रिया चलिरहँदा उनका वकिल सरोजकृष्ण घिमिरेले उनलाई अब फेरि क्रिकेट एशोसिएसन अफ नेपाल क्यानले कप्तानमा नियुक्त गर्न पर्ने धारणासमेत राखेका थिए । त्यसो त क्यान पनि अहिले यसको कानुनी परामर्शमा भएको बुझिएको छ ।
 

घिमिरेले अदालतले उनलाई रिहा गर्न आदेश दिँदा क्रिकेटको कुनै पनि प्रसंग नउठाएको भन्दै उनलाई खेलमा फर्काउन सकिने दलिल पेश गरेका छन् । अर्कोतिर उनका समर्थक उनको रिहाइ हुँदा उनले सफाइ पाएजस्तै उत्साहित भएका छन् । 

तर, स्पष्ट हुन के जरुरी छ भने सन्दीपले उनीमाथि लागेको नाबालिग बलात्कारको आरोपमा सफाइ पाएका होइनन् । उनी बाहिर रहेर नै यो मुद्दाको प्रक्रिया अगाडि बढ्ने मात्र भएको हो । भोलि उनी फेरि यो मुद्दामा दोषी ठहरिएमा अदालतले सुनाएको सजाय भोग्न उनी तयार हुनेछन् । 



सफाइ नपाए पनि उनी रिहाइ भएपछि यसमा हर्षोल्लास गर्नेहरुलाई सामाजिक सन्जालमा केहीले चाहिँ बेमौसमी बाजाको संज्ञासमेत दिएका छन् ।

वरिष्ठ पत्रकार तथा लेखक नारायण वाग्लेले ट्विटरमा यो समाजमाथि प्रश्न समेत गरेका छन् । उनले ट्विटरमा लेखेका छन्– बलत्कार आरोपी थुनामुक्त हुँदा माला लगाइदिने, हाई हाई गर्ने समाज र समयको संकेत के होला ?



हुन पनि बलात्कार आरोपमा पक्राउ परेर मुद्दा चलिरहँदा सफाइ नपाउँदै सन्दीप लामिछानेको रिहाइको हाइहाइ किन गरिएको होला ? के यसले पीडित युवती तथा परिवारमा थप समस्या आउने त होइन ? 

प्रश्न उब्जिएको छ ।


  • प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार २१:३८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया