अमेरिकामा आँधीका कारण नौ जनाको मृत्यु

अमेरिकाको अलाबामा राज्यमा बिहीबार आएको आँधीमा परी नौ जनाको मृत्यु भएको छ । उक्त क्षेत्रमा उद्धार कार्य जारी रहेको न्यूयोर्क टाइम्सले  उल्लेख  गरेको छ।

उद्धारकर्ताहरूले प्रभावित क्षेत्रमा घर-घरै पुगेर मृतक र घाइतेहरूको खोजी कार्य जारी राखेका छन् । जर्जिया शहरको स्पाल्डिङ काउन्टीमा, मध्य-विद्यालयका प्रिन्सिपलहरूले विद्यार्थीहरूलाई  परिवारसँग पुनर्मिलन गर्न मद्दत गर्न पनि सतपकारवाला निकायलाई अनुरोध गरेका छन् ।

नजिकैको बट्स काउन्टीमा एउटा रूख लडेर गाडीमा गाडीलाई ठक्कर दिँदा पाँच वर्षीय  बालकको मृत्यु भएको र उनका आमाबाबु गम्भीर घाइते भएको बताइएको छ   
यसैगरी मोन्टगोमेरी नजिकैको अटाउगा काउन्टी आँधीका कारण सबैभन्दा बढी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार शुक्रबार सम्म मारिएका नौ जना मध्ये सात जना औटागाका बासिन्दा थिए।

सेल्मा नजिकैको शहरबाट कुनै हताहती नभएको भएपनि घर र व्यापार लगायत शहरका धेरैजसो क्षेत्रमा  व्यापक क्षति पुगेको छ ।आँधीले यस चीसो मौसममा व्यापक असर गरेको छ ।   स्थानीय अधिकारीहरूले प्रभावित क्षेत्रभरि स्थानीयहरूलाई थप खतराहरूको चेतावनी दिदैँ सडकबाट टाढा रहन आग्रह गरेका छन्।
यसैगरी जर्जिया शहरमा पनि आँधीँबाट धनजनको क्षति भएको छ ।

हजारौं घरमा बिजुली पुर्नस्थापनाका लागि व्यापक अभियान चलिरहेको छ । भग्नावशेषमा मानिसहरु अझै फसेको हुनसक्ने  भएकाले  खोजी  अभियान चलाइएको छ । सन् २०२१ डिसेम्बरमा अमेरिकाका छवटा राज्यमा आँधीबेहरीका कारण ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो जसमा केन्टकी जिल्ला न्यायाधीशले पनि आफ्नो ज्यान गुमाएका थिए। 





  • प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार १५:३८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया