एमाले मधेस प्रदेशको प्रमुख सचेतकमा लखन दास नियुक्त

नेकपा एमाले मधेस प्रदेशको संसदीय दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य लखन दास नियुक्त भएका छन् । उनलाई एमाले संसदीय दलका नेता सरोजकुमार यादवले शनिबार प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । 

दास मंसिर ४ को निर्वाचनमा एमालेबाट धनुषा क्षेत्र नम्बर–२ को (क) प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । संसद्मा पार्टीको धारणा राख्न, कार्यव्यवस्था परामर्श समितिको बैठकमा भाग लिनेलगायत महत्त्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने गरेको छ । 





  • प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार १९:२५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया