झापाको दमकमा आगलागी, पाँच पसल जलेर नष्ट
फाइल तस्बिर

झापाको दमकमा आगलागी हुँदा पाँचवटा पसलमा क्षति पुगेको छ । आज बिहान करिब साढे ३ बजे दमक नगरपालिका–६ नमुना मार्गसँग जोडिएका पसलमा आगलागी भएको हो ।

राजु श्रेष्ठको जुत्ता पसलबाट सुरु भएको आगोले सँगै जोडिएका अन्य पाँचवटा पसलमा क्षति गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक, कमल, गौरादह र उर्लाबारी नगरपालिकाकाका बारुण यन्त्र, स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् ।

श्रेष्ठको जुत्ताचप्पल पसलमा विद्युत सर्ट भई आगलागी हुँदा सोही पसलसँग जोडिएका संगिता श्रेष्ठ, विजय श्रेष्ठ, कृष्ण न्यौपाने र पुनम घिमिरेको कपडा तथा कस्मेटिक पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ । 





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार ८:५१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया