झापामा राँगो चोरी आरोपमा युवक पक्राउ

झापाको झापा गाउँपालिका–४ का अमालो मियाँको गोठबाट राँगो चोरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

चोरीको खबर पाउनासाथ प्रहरीले स्थानीय मानिसको सहयोगमा खोजतलास गर्दै जाँदा नेपाल–भारतको दशगजा सीमा क्षेत्रबाट २२ वर्षीय मोहमद नजिरलाई पक्राउ गरेको हो ।

उनीसहित आजाहार महमद, ईजाहुल हक र गोदा (तत्काल नाम,थर नखुलेको) ले मिलेर राँगो चोरी गरेको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता वसन्त पाठकले जानकारी दिए । 





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार ९:५३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया