पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको विमान पुरानो विमानस्थल नजिकै नयाँगाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटना भएको सूचना आएको र अस्पताल र एम्बुलेन्स हाई अलर्टमा राख्न निर्देशन दिएको जानकारी दिए ।

विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । 





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार ११:२२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया