‘अंगराज सर’को डिलमा यस वर्ष पनि खिचडी भोजको आयोजना

माघे संक्रान्तिको अवसरमा आइतबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा खिचडी भोजको आयोजना गरिएको छ । स्थानीय जानकी चोकस्थित ‘अंगराज सर’को डिलमा यस वर्ष पनि खिचडी भोजको आयोजना गरिएको हो ।

जानकी चोकका युवाहरुको आयोजनामा खिचडी भोजको आयोजना गरिंदै आएको युवा अगुवा सुशील कर्णले जानकारी दिए । भाइचारा र संस्कृतिलाई जोगाउनका लागि विगत १२ वर्षदेखि यस भोजको आयोजन हुँदै आएको कर्णले बताए । 

यो भोज मिथिला संस्कृतिमा सम्बन्ध विस्तारको एउटा अटुट माध्यम रहेको बताउँदै यसको निरन्तरता दिनुपर्ने आवश्यकता रहेको स्थानीय विरेन्द्र कर्णले बताए । भोजमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, स्थानीय, सञ्चारकर्मी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

भोजमा खिचडी, पापड, अचार, दही, चिनीसहितको परिकारको व्यवस्था गरिएको थियो । 

 





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार १५:२४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया