गजलकार डा.प्रदीप मैनालीको गजल ‘के लत बस्यो...’तिलकसिंह पेलाको स्वर तथा सङ्गीतमा सार्वजनिक भएको छ । जसमा एरेन्ज रिदम कँडेलको रहेको छ । रेकर्डिङ्ग पनि उनकै रहेको छ ।
मिक्सिङ्ग भने महेश्वरमान राजभण्डारीले गरेका हुन् । भिडियो गजलको सारङ्गीमा धर्म गन्धर्व छन् भने तबलामा जगन्नाथ धौगोडा छन् । त्यस्तै बाँसुरी नगेन्द्र बिक्रम राईको रहेको छ भने पियानो रिदम कँडेलको रहेको छ ।
यस्तो छ गजल
के लत् बस्यो मलाई कहिले सुधार हुन्छ
एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ
साथी रहेछ दु:ख हरपल सवार हुन्छ
सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ
पानी परेर धर्ती आकाश हुन्छ सुन्दर
धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ
खोला नदी समुन्द्र जे नाम होस् न आखिर
अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।