यती विमान दुर्घटनाः गायक हेमन्त शर्माले लेखे– जिन्दगीको केही भर छैन

गायक हेमन्त शर्माले आइतबार विहान आफ्नो फेसबुकमा आफू पोखरा हुँदै बागलुङ लागेको लेखेका थिए । 

उनी पोखरा अवतरण भए । त्यसको केही समयपछि उडान भरेको यती एयरलाइन्सको विमान भने दुर्घटनामा पर्यो । विमानमा बागलुङकी गायिका निरा छन्त्यालले ज्यान गुमाएकी छिन् ।

हेमन्तलाई पनि उनी बागलुङका लागि पोखरा हुँदै जान लागेको लेखेपछि निकै धेरै कल र मेसेज आए । 

त्यसैले उनले फेसबुकमा जिन्दगीको केही भर नभएको लेखेका छन् । ‘जिन्दगीको केहि भर छैन । म काठमाण्डूबाट पोखरा उडेको करिब १ घण्टा पछि काठमाण्डूबाटै पोखराको लागि उडेको जहाज नराम्ररी दुर्घटना ग्रस्त भएछ ।’ उनले लेखेका छन् ।





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार १९:३०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया