आइतबार विहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे प्रत्यक्षदर्शीहरुले विमान दुर्घटना हुनुभन्दा अगाडिको भिडियो पनि खिच्न भ्याएका छन् ।
दुर्घटनास्थल नजिकै घर भएका एक प्रत्यक्षदर्शीले विमान आकाशमै कोल्टिएर आएको र ढ्वांग गरेर जमिनमा पछारिहेको बताएका छन् ।
उनले विमान भीरमा ठोकिएर पड्किएको पनि बताएका छन् ।
त्यहाँ केहीबेरमा नै आगो बलेको देखिएको पनि उनले बताएका छन् ।
आइतबार भएको विमान दुर्घटनामा अहिलेसम्म ६९ जनाको मृत्यु भइसकेको नागरिक उड्ड्यन प्राधिकरणले पुष्टि गरेको छ । खोँचमा भएका कारण ३ शव निकाल्न सकिएको छैन ।
विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । यीमध्ये १५ जना विदेशी नागरिक थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।