आज दुर्घटनामा परेको विमानको नालीबेली

काठमाडौंबाट पोखराका लागि उडान भरेको यती एयरलाइन्सको विमान आज अवतरण गर्नुभन्दा केही समयअघि मात्र सेती खोँचमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैले ज्यान गुमाएका छन् ।

विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । यीमध्ये १५ जना विदेशी नागरिक थिए ।

यती एयरलाइन्सले यो विमान सन् २०१९ अप्रिल २६ देखि नेपाली आकाशमा उडान थालेको थियो । नाइन एन–एएनसी कोड अंकित यो विमान एटिआर विमान हो । 

सन् २००७ अगस्ट १ मा बनेको यो विमान सबैभन्दा पहिले भारतको किङफिसर एयरलाइन्सले सन्चालन गरेको थियो । अगस्ट १७ बाट भारतीय आकाशमा उड्न थालेको यो विमान भारतमा ५ वर्षभन्दा बढी प्रयोग भइसकेको थियो ।

त्यसपछि यो विमानलाई थाइल्याण्डको नोक एयरले लिजमा लिएर चलाउन थालेको थियो । नोक एयरले २०१३ को अप्रिल १ देखि यो विमानलाई थाइ आकाशमा उडाउन थालेको थियो । त्यति बेला यो विमानको कोड दिइएको थियो– एचएस–डिआरडी ।



त्यसको ६ वर्षपछि नेपालमा यती एयरलाइन्सले यो विमान ल्याएको थियो । सन् २०१९ अप्रिल २६ देखि यो विमानले नेपाली आकाशमा उडान भर्न थालेको थियो ।

यो विमानले आजै विहान अरु दुई उडान पनि गरिसकेको थियो । विहान ७ बजे काठमाडौंबाट उडान भरेको यो विमानले पौने आठ बजे पोखराबाट काठमाडौंका लागि उडान भरेको थियो । 



काठमाडौंबाट १० बजेर ३२ मिनेट जाँदा फेरि पोखराका लागि उडान भरेको यो विमान अवतरण गर्नुभन्दा केही समयअघि मात्र दुर्घटनाग्रस्त भएको हो । पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा ७ पुसमा यो विमानले डेमो उडान गरेको थियो । त्यसको १० दिनपछि विमानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा पनि पहिलो उडान भरेको थियो ।

आइतबार भएको विमान दुर्घटनामा अहिलेसम्म ६९ जनाको मृत्यु भइसकेको नागरिक उड्ड्यन प्राधिकरणले पुष्टि गरेको छ । खोँचमा भएका कारण ३ शव निकाल्न सकिएको छैन । 

विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । यीमध्ये १५ जना विदेशी नागरिक थिए ।


  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार २०:३०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया