यती विमान दुर्घटना : चारजना अझै फेला परेनन्, बिहानैदेखि खोजी गरिँदै
फरकधार / २ माघ, २०७९

पोखरामा आइतबार बिहान भएको यती एयरलायन्सको विमान दुर्घटनाको उद्धार कार्य आज पनि गरिँदैछ । सेती नदीको अप्ठेरो खोँचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएका कारण आज बिहानैदेखि उद्धार कार्य गरिन लागिएको हो । 



कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार विमानमा सवारमध्ये अझै चारजना फेला परेका छैनन् । ‘विमानमा सवारमध्ये हालसम्म चार जना अझै फेला पर्नुभएको छैन,’ उनले भने, ‘पहिचान भएका पोखरा र आसपासका व्यक्तिको शव सोमबार बिहान यहीँ नै आफन्तको जिम्मा लगाउने छौँ, काठमाडौंका र आफन्त काठमाडौं नै भएका एवं विदेशी यात्रुका शवलाई हेलिकोप्टरमार्फत पठाउने तयारी गरेका छौँ ।’ 

विमानमा सवार ६८ जनाको शव भने आइतबार नै भेटिएको थियो । शव भेटिएकामध्ये ११ जनाको सनाखत भइसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 



९ एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । जहाजमा चार चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए ।



जहाजमा रहेका ५३ जना नेपालीमध्ये ३७ जना पुरुष र २५ जना महिला थिए । यती एयरलाइन्सका अनुसार जहाजमा १५ जना विदेशी यात्रु सवार थिए । जसमध्ये पाँचजना भारतीय, चारजना रसियन, दुईजना कोरियन, एक अर्जेन्टिनी, एक आइसिरिस र एक फ्रान्सेली नागरिक हुन् । 

  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार ७:२८:३६,   अन्तिम अपडेट : माघ २, २०७९ साेमबार ७:३०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया