पोखरा जहाज दुर्घटनामा मृत्यु भएका ६८ मध्ये २६ जनाको सनाखत
फरकधार / २ माघ, २०७९

पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको सनाखत भएको छ ।



प्रहरीका अनुसार अहिलेसम्म सनाखत हुनेमा पोखरा–११ का ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा–१३, काहुँडाँडाका २७ वर्षीय निशान्त आचार्य, पोखरा–१७ घर भई अहिले बालाजु बस्ने संगिता शाही, पोखरा–४ का डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर, पर्वतको कुश्मा–१ का १० वर्षीय रियान पौडेल रहेका छन् । 

त्यस्तै, पोखरा–१३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा–७ की लक्ष्मी पौडेल, पर्वत कुश्मा–९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उनकी ११ वर्षकी छोरी प्रसिद्धि, पर्वत मोदी–१ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा–२२ का रक्की गुरुङको पनि सनाखत भएको छ ।



यस्तै, रूपन्देही शंकर–८ का डा. गणेश थापा, काठमाडौंकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा–८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती–६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको पनि पहिचान खुलेको प्रहरीले जनाएको छ ।



आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको सो विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । जसमध्ये चारजना अझै फेला परेका छैनन् ।

उनीहरूको आज बिहानैदेखि खोजीकार्य भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । 

  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार ९:१५:५१,   अन्तिम अपडेट : माघ २, २०७९ साेमबार ९:१६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया