सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दै, सभामुख चयनका लागि अन्तिम दिन
फाइल तस्बिर

सुदूरपश्चिम प्रदेश सभा बैठकअघि सर्वदलीय बैठक बसेको छ । आज बिहान ८ बजेदेखि सर्वदलीय बैठक बसेको हो । 

सर्वदलीय बैठकका कारण बिहान ९ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक आधा घण्टाका लागि सरेको छ । आजको प्रदेश सभा बैठक पनि सभामुख चयन गर्नका लागि बसिरहेको हो ।

गत शनिबार बसेको प्रदेश सभा बैठकले सभामुख चयन गर्न सकेको थिएन । नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा त्यस दिन सभामुख चयन हुन सकेको थिएन ।

मुख्यमन्त्री राजेन्द्र सिंह रावलले दुई मन्त्री नियुक्त गर्दा सत्ता साझेदार दलहरूसँग छलफल नगर्दा नागरिक उन्मुक्ति पार्टी असन्तुष्ट छ । सोही कारण दुईपटक निर्वाचन हुँदा पनि सभामुख चयन हुन सकेको छैन ।

नागरिक उन्मुक्ति पार्टीबाट सुदूपश्चिम प्रदेश सभामा सातजना सांसद छन् । संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने व्यवस्था छ । त्यसैले आज सत्ता साझेदार दल सभामुख चयन गरिसक्नुपर्ने दबाबमा छन् ।

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार र राप्रपाका एकजना सांसद छन् । त्यस्तै, स्वतन्त्रबाट एकजना सांसद । 



सुदूरपश्चिममा सभामुख चयनका लागि कम्तिमा २७ मत आवश्यक पर्छ । 



  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार ९:४६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया