प्रधानमन्त्री र ओलीबीच बालकोटमा भेटवार्ता, सभामुख निर्वाचन र मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । उनी आज बिहान ओलीनिवास बालकोट पुगेका हुन् ।  

प्रचण्ड आज बालकोटमै दिवा भोजपछि फर्किने बताइएको छ । २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिएयता प्रधानमन्त्री प्रचण्ड दोस्रोपटक बालकोट पुगेका हुन् । 

आजको भेटमा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ । बुधबार सभामुख निर्वाचन हुँदैछ ।

त्यस्तै, २८ माघभित्र राष्ट्रपति निर्वाचन गरिसक्नुपर्नेछ । अहिलेसम्म यी दुई पदका लागि दलहरूले उम्मेदवार टुंग्याइसकेका छैनन् । सत्ता साझेदार दलहरूबाटै सभामुख र राष्ट्रपति बन्ने सम्भावना छ ।

यद्यपि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा कांग्रेसले पनि साथ दिएकाले एमालेमा आशंका उब्जिएको छ । उसले प्रचण्डसँग कांग्रेसको गोप्य सहमति भएको हुनसक्ने आशंका गरेको हो । तर, प्रधानमन्त्रीले भने कांग्रेससँग कुनै सहमति नभएको बताउँदै आएका छन् ।    

यही आशंकाका बीच ओलीले प्रचण्डसँग निरन्तर छलफल गरिरहेका छन् । ओलीले आइतबार पनि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका थिए । सो भेटमा आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना र समसामयिक राजनीतिबारे छलफल भएको थियो । 





  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार १०:५०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया