विमान दुर्घटनाको शोकमा कर्णाली प्रदेश सभाको बैठक पनि स्थगित

आजका लागि बस्ने भनिएको कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको छ । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ठूलो जनधनको क्षति भएको भन्दै शोक मनाउन आज बस्ने प्रदेश सभाको बैठक स्थगित गरिएको हो ।

बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए । विमान दुर्घटनाको शोकमा सुदूरपश्चिम र मधेश प्रदेश सभा बैठक पनि स्थगित गरिएको छ । 

आइतबार बिहान काठमाडौंबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित उडेको यति एयरको एटिआर ७२ विमान १०ः५४ बजेतिर पोखरा महानगरपालिका– १५ नयाँगाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो ।  

दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । चारजनाको अझै भेटिएका छैनन् । 





  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार १२:५१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया