स्वास्थ्य मन्त्रालय रास्वपाको भागमा
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य मन्त्रालय पनि पाउने भएको छ । रास्वपाले जम्मा तीन मन्त्रालय पाउने भएको हो । 

रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् भने अब थप दुई जना मन्त्री हुनेछन् । जसमा एक स्वास्थ्य मन्त्रालय उक्त पार्टीले पाउने सहमति भएको हो ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज बालकोटमा भएको भेटमा मन्त्रालय भागवण्डा बारे छलफल भएको हो ।  

रास्वपाले स्वास्थ्य तथा जनसंख्या पाउने पक्का भइसकेको छ भने अर्को मन्त्रालय युवा तथा खेलकुद पाउने सम्भावना रहेको बताइएको छ ।  





  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार १५:१८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया