गृहमन्त्री रवि लामिछानेले स्वीकारे– एकैपटक दुई देशको नागरिकता लिएँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले एकै पटक दुई देशको नागरिकता लिएको स्वीकार गरेका छन् । उनले एकैपटकमा दुई देशको नागरिकता कायम हुने दाबीसमेत गरेका छन् ।

उनले आफू एकै समयमा नेपाल र अमेरिकाको नागरिक भएको तथा उक्त कुरा वैधानिक भएको जिकिर गरेका हुन् ।

तर, नागरिकतासम्बन्धी कानुन तथा अन्तर्राष्ट्रिय अभ्यासमा कुनै पनि व्यक्ति एकैपटक  एकभन्दा बढी देशको नागरिक हुन सक्ने व्यवस्था छैन । नेपालको संविधानले त झन् दोहोरो नागरिकताको कल्पना पनि गरेको छैन ।

निस्क्रिय भएको नागरिकलाई पुुनः नब्यूँतयाइ उम्मेदवारी दिएको भन्दै उनीविरुद्ध रिट निवेदन परेको थियो । उनको प्रतिनिधि सभा सदस्य उम्मेदवारी खारेजी हुनु पर्ने माग गर्दै परेको रिट निवेदनका लागि उनले लिखित जवाफ लेख्दै यस्तो दाबी गरेका हुन् ।

उनले २०५० साल फागुन १० गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकता अमेरिकी नागरिकता त्यागेपछि सक्रिय बनाउन पूरा गर्नुपर्ने कार्यविधि पूरा नगरेकाले उनीसँग वैधानिक नागरिकताको प्रमाणपत्र नरहेको दाबी गर्दै अधिवक्ता रविराज बसौला र नानीबाबु खत्रीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यो रिटमाथि संवैधानिक इजलासले जारी गरेको कारण देखाउ आदेशमा जवाफ दिँदै गृहमन्त्री लामिछानेले आफूले अमेरिकाको नागरिकता लिँदा नेपालको नागरिकता नत्यागेको हुँदा अमेरिकाको नागरिक छोड्दा नेपाली नागरिकताबारे कुनै पनि कानुनी प्रक्रिया पूरा गर्नुनपर्ने दाबी गरेका हुन् ।



निष्क्रिय नागरिकताको आधारमा दिएको उम्मेदवारी र दोहोरो पासपोर्टको विषयमा संवैधानिक इजलासमा माघ ११ गतेदेखि सुनुवाइ हुँदैछ । पुस २२ गते संवैधानिक इजलासले लामिछाने विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै माघ ११ गतेदेखि अन्तिम सुनुवाइ गर्न पेशी तोकिदिएको छ ।

तीन वर्षसम्म कैद सजाय हुने पासपोर्टसम्मको विषयमा गृहमन्त्रीले आफूले दोहोरो पासपोर्ट लिए पनि प्रयोग नै नगरेको उल्लेख गरेका छन् । उनले दोहोरो पासपोर्ट लिएकोमा कारबाही हुनुपर्ने माग गर्दै युवराज सफल पौडेलले सर्वोच्चमा छुट्टै रिट दायर गरेका छन् ।



हेर्नुहोस्, रवि लामिछानेको जवाफः

  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार १९:२७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया