राप्रपाको भागमा तीन मन्त्रालय, लिङ्देन उपप्रधान तथा उर्जामन्त्री बन्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तीन मन्त्रालयसहित सरकारमा सहभागी हुन तयार भएको छ । सोमबार राति सकिएको सत्ता साझेदार दलहरूको बैठकमा उपप्रधानन्त्रीसहित तीन मन्त्रालय दिने सहमति भएपछि राप्रपामा सरकारमा सहभागी हुन तयार भएको हो । 

योसँगै अब सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ । यसअघि ११ पुसमा एमाले, माओवादी र रास्वपाबाट एक/एकजना उपप्रधानमन्त्रीले शपथ लिएका थिए । 

राप्रपाका भागमा ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास र युवा तथा खेलकुद मन्त्रालय परेको छ । राप्रपाले यसअघि ऊर्जाका अलवा  संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा दाबी गरेको थियो । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानसहित ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी लिने छन् । बाँकी दुई मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्नेबारे भने टुंगो लाग्न बाँकी छ । 





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार ७:१८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया