विश्वासको मत दिएका दलसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरूसँग छलफल गर्ने भएका छन् । प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्रीले विश्वासको मत दिएका पार्टीसँग अपराह्न ४ बजे छलफल गर्न लागेका हुन् । 

गत २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए । सबैजसो दलबाट विश्वासको मत पाएपछि आफूलाई थप जिम्मेवारी आएको भन्दै प्रचण्डले सभामुखको निर्वाचन प्रक्रियाअघि दलहरूसँग छलफल गर्न लागेका हुन् । 

प्रतिनिधिसभाको सभामुख निर्वाचन ५ माघमा हुँदैछ । गत १० पुसमा प्रधानमन्त्रीमा नियुक्त हुँदा प्रचण्डलाई माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत, जसपा, नागरिक उन्मुक्ति तथा केही स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।  





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार ८:३२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया