\
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार मुख्यमन्त्री यादवले दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची छ ।
गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई ६२ सांसदको समर्थन छ ।
त्यस्तै, आज नै सभामुख चयनका मतदान हुनेछ । सभामुखका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसको तर्फबाट जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।