सुदूरपश्चिमको सभामुखमा माओवादीका भीमबहादुर भण्डारी निर्वाचित
फरकधार / ३ माघ, २०७९

सुदूरपश्चिम प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी निर्वाचित भएका छन् । ५२ जना प्रदेश सभा सदस्यले मंगलबार मतदान गर्दा भण्डारीले २९ मत पाएका हुन्।



नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्यहरुले पनि भण्डारीको पक्षमा मतदान गरेका हुन् ।

कांग्रेसका उम्मेदवार मानबहादुर रावलले २३ मत पाएका छन् । यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन। 



सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपाका एक र एक जना स्वतन्त्र सांसद रहेका छन् । 



  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार ११:२९:१७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया