सप्तरीको शम्भुनाथ नगरपालिका इन्जिनियर रामचन्द्र शाह एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शाहलाई सेवाग्राहीसँग घुस लिँदैगर्दा पक्राउ गरेको हो ।
इन्जिनियर साहलाई अख्तियारको टोलीले नगरपालिकाबाटै नियन्त्रणमा लिएको मेयर जितेन्द्र प्रसाद गुप्ताले जानकारी दिए ।
इन्जिनियर साहले विद्यालयमा भएको कामको भुक्तानीका लागि घुस लिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।