कांग्रेस पदाधिकारी बैठक बस्दै, सभामुखको उम्मेदवारबारे निर्णय गर्ने
फाइल तस्बिर

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहान ९ बजे बस्दैछ । 

आजको बैठकमा सभामुखमा उम्मेदवारी दिने कि नदिने विषयमा निर्णय लिने बताइएको छ । प्रतिनिधि सभाको सभामुखको निर्वाचन भोलि हुँदैछ । ​

कांग्रेस र एकीकृत समाजवादीबीच सहमति गरेर सभामुखको एउटै उम्मेदवार बनाउने गरी संवाद अघि बढेको बताइएको छ । कांग्रेसले पहिला आन्तरिक छलफल गर्ने र त्यसपछि अन्य विपक्षी दलहरूसँग पनि परामर्श गर्ने नेता रमेश लेखकले जानकारी दिए । 

संसद् सचिवालयले बुधबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ । सभामुख चयनसम्बन्धी प्रस्तावमा बिहीबारको प्रतिनिधिसभा बैठकमा मत विभाजन हुनेछ ।

 





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार ७:१८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया