\
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी दुई/तीन दिन भित्रमा मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । बुधबार सभामुख र उपसभामुखको सपथ ग्रहण कार्यक्रममा पुगेका मुख्यमन्त्री यादवले सञ्चारकर्मीहरुको प्रश्नमा आज विश्वासको मत लिएपछि आगामी दुई/तीन दिनमा मन्त्रिपरिषद विस्तार गर्ने बताए ।
उनले सबैदलसँग विश्वासको मत मागेकाले सरकारमा सहभागी हुन चाहने सबै दललाई मन्त्रिपरिषद्मा सामिल गराउने बताए । मधेस प्रदेशमा विभिन्न १० वटा राजनीतिक दल र केही स्वतन्त्र सांसद रहेकोमा ७ दलको समर्थनमा जसपाको संसदीय दलका नेता यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
हाल मुख्यमन्त्री र तीन बिना विभागीय मन्त्री मन्त्रिपरिषद्मा रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।