वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले प्रख्यात नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाउँदा देशको प्रतिष्ठा बढ्ने तर्क गरेका छन् । डा. रुइतले बहराइन सरकारबाट इसा अवार्ड प्राप्त गरेपश्चात् सामाजिक सञ्जालमा बधाईको आइरहेका बेला आचार्यले मन हर्षित भएको भन्दै त्यस्तो बताएका हुन् ।
‘मनमा कुरा घुमी रहन्छ। यो देशको अबको राष्ट्रपति नेत्र विशेषज्ञ डा. शन्नदुक रुइत लाई बनाउन पाए नेपालको नै प्रतिष्ठा बढ्ला । जसले नेपालीको मात्र नभई संसारकै ज्योति विहीनहरूको आँखामा उज्यालो छर्न सक्नुभयो र नेत्र ज्योतिको क्षेत्रमा आफ्नो अनुसन्धान संसारकै लागि उपयोग सिद्ध साबित गर्नुभयो । त्यसको मूल्याङ्कन गरी उहाँलाई संसारले नै सम्मान गरिरहेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसै अन्तर्गत उहाँलाई बहराइन सरकारले दश लाख डलरको, इसा अवार्डबाट सम्मान गर्ने निर्णय गरेको समाचार सुन्दा मन हर्षित भएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।