पाकिस्तानविरुद्ध अस्ट्रेलिया १० विकेटले विजयी, एक खेल अगावै सिरिजमाथि कब्जा

पाकिस्तानविरुद्धको एकदिवसीय महिला सिरिजको दोस्रो खेलमा घरेलु टोली अस्ट्रेलिया १० विकेटले विजयी भएको छ । आज बिहान सम्पन्न खेलमा पाकिस्तानले दिएको १ सय २६ रनको झिनो लक्ष्य अस्ट्रेलियाले १९.२ ओभरमा बिनाविकेटको क्षतिमा भेट्टायो ।

उसका लागि ओपनरद्वय फोबे लीचफील्ड र बेथ मूनीले अर्धशतकीय पारी खेले । ६१ बलको सामना गरेकी लीचफिल्डले १० चौकाको मद्दतमा अविजित ६७ रन बनाइन् । मूनीले ५५ बलमा ६ चौकासहित अविजित ५७ रनको पारी खेलिन् । 

त्यसअघि ब्रिस्बेनस्थित एलन बोर्डर फिल्डस्थित टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ४३ ओभरमा सबै विकेट गुमाएर १ सय २५ रन बनायो । उसका लागि निदा डारले २४, कप्तान बिस्माह मारूफले २१, मुनिबा अलीले १८, ओमाइमा सोहेलले १३ र फातिमा सानाले १२ रन बनाए ।

अस्ट्रेलियाका लागि डार्सी ब्राउनले तीन, अन्नाबेल सदरल्याण्ड, अलाना किंगले दुई/दुई तथा एश्ले गार्डनरले एक विकेट लिए । यो जितसँगै तीन खेलको सिरिज अस्ट्रेलियाले एक खेल अगावै २–० ले आफ्नो पक्षमा पारेको छ ।

ऊ पहिलो खेलमा आठ विकेटले विजयी भएको थियो । पाकिस्तान–अस्ट्रेलियाबीचको तेस्रो एकदिवसीय शनिबार हुनेछ ।    
 





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १३:१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया