सभामुखमा उम्मेदवारीपछि देवराज घिमिरेले भने– जित निश्चित छ, निष्पक्ष भएर अगाडि बढ्छु

नेकपा एमालेको प्रस्तावमा सभामुखमा उम्मेदवारी दिएका देवराज घिमिरेले आफ्नो जित निश्चित भएको बताएका छन् । बुधबार सभामुखमा उम्मेदवारी दिए पछि उनले आफूले जित्ने निश्चित भएको बताएका हुन् ।

उनले जित निश्चित भएसँगै प्रतिनिधि सभालाई आफूले निष्पक्ष ढंगबाट सन्चालन गर्ने पनि बताएका छन् ।

उम्मेदवारीपछि उनले संसद भवनमा सन्चारकर्मीहरुसँग कुराकानी गर्दै सभामुखले निर्वाह गर्नु पर्ने भूमिकामा कुनै कमी हुन नदिने बताएका हुन् ।

उनले आफूले तटस्थ रहेर प्रतिनिधिसभा चलाउने बताएका छन् । ‘प्रतिनिधि सभामा विजय भएपछि सभामुखले खेल्ने एउटा भूमिका हुन्छ, त्यो भूमिकामा कम रहन दिन्नँ,’ उनले भने ।

संसद सचिवालयमा प्रतिनिधि सभाको सभामुखका लागि उनले मनोनयन दर्ता गर्दा उनको प्रस्ताव बने, पूर्वसभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्वाङ । त्यस्तै, उनको समर्थकमा सत्ता साझेदार दलका नेताहरु रहेका छन् । उनका समर्थकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् ।

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका घिमिरे झापा २ बाट निर्वाचित भएर प्रतिनिधि सभा सदस्य बनेका थिए । उनी यसअघि २०५६ सालमा नै राष्ट्रिय सभा सदस्य चुनिएका थिए ।



यता नेपाली कांग्रेसबाट सभामुखको उम्मेदवार ईश्वरी न्यौपाने हुने भएकी छिन् । कांग्रेसले पदाधिकारी बैठक बोलाएर न्यौपानेले सभामुखमा उम्मेदवारी दिने निर्र्णय गरेको हो ।



  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १४:१९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया