यती एयर दुर्घटनाः अध्ययन गर्न फ्रेन्च टोली पोखरामा

गत आइतबार काठमाडौंबाट पोखराका लागि उडान भरेको यती एयरलाइन्सको विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली पोखरा पुगेको छ । 

अवतरण गर्नुभन्दा केही समयअघि मात्र सेती खोँचमा दुर्घटनाग्रस्त भएको विमानको विषयमा अध्ययन गर्न यो टोली नेपाल आएको हो । एटिआर विमान निर्माता कम्पनीबाट नौ सदस्यीय टोली नेपाल आएर घटनास्थल पुगेको हो ।

यो टोलीले घटनास्थलको अवलोकन गरिसकेको छ । अब प्राविधिक पक्षमा काम गरिरहेकाहरुसँ पनि छलफल गर्ने यो टोलीले तयारी गरेको छ ।

दुर्घटनाको कारण पत्ता लगाउने जिम्मेवारीसहित यो टोली पोखरा पुगेका हो ।

एटीआर ७२ विमान नेपाली आकाशमा पहिलो पटक दुर्घटनामा परेको हो । 

यसअघि यो दुर्घटनाबारे छानबिन गर्न नेपाल सरकारले पनि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँझबुझ आयोग गठन गरेको छ । आयोगका सदस्यहरु पनि पोखरा पुगेर काम सुरु गरिसकेका छन् ।



चालक दलका ४ सदस्यसहित यो विमानमा ७२ जना सवार थिए । यीमध्ये १५ जना विदेशी नागरिक थिए । नागरिक उड्ड्यन प्राधिकरणले विमानमा सवार ७२ जनाकै निधन भएको पुष्टि गरिसकेको छ ।



  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १४:४८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया