माधवकुमार नेपाल पुगे कांग्रेस बैठकमा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रवेश गरेका छन् ।

यसअघि यही बैठकमा लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर पुगिसकेका छन् । 

यही बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि जाने कार्यक्रम रहेको छ । 

कांग्रेसले सभामुख पदमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएपछि साझा सहमति जुटाउन यी दलका नेताहरु सिंहदरबारमा जुटेका हुन् । 

सभामुखमा नेकपा एमालेबाट सत्ता साझेदार दलहरुले देवराज घिमिरेलाई उम्मेदवार बनाएका छन् । न्यौपानेलाई कांग्रेस संसदीय दलले उम्मेदवार बनाउने निर्णय गरेपछि माधवकुमार नेपाल र अरु नेताहरु त्यहाँ छलफलका लागि पुगेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत सभामुखमा आफूहरुलाई समर्थन गर्न अनुरोध गरिसकेका छन् ।





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १५:६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया