नौ अंकले घट्यो सेयर बजार, ४ अर्बभन्दा बढीको कारोबार

सेयर बजारमा बुधबार गिरावट आएको छ । आज नेप्से परिसूचकमा ९.०१ अंकले ओरालो लाग्दा २१७३.१० विन्दुमा रोकिएको छ । 

साथैै, बुधबार २४८ कम्पनीको कारोबार भएको छ । जसमा १ करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९२ करोडभन्दा बढीको कारोबार भएको छ ।

आज रिडी पावर कम्पनीकोे सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३५ करोडभन्दा बढीको सेयर बिक्री भएको नेप्सले जनाएको छ ।  

दोस्रो स्थानमा अपि पावर कम्पनीको १९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रोपावर, हिमालय उर्जा विकास र ग्रिन भेन्चर्समा करिब १० प्रतिशतले मूल्यवृद्धि भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ९ प्रतिशतले मूल्यवृद्धि भएको छ । 

कुल ८० कम्पनीमा मूल्य उकलो लागेको छ भने १२१ कम्पनीमा ओरालो लागेको छ । साथै ६ कम्पनी भने स्थिर रहेको छ । 



आज १३ उपसूचकमध्ये ३ कम्पनीबाहेका सबै उपसूचकमा ओरालो लागेको छ । 



  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १५:४९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया