मन्त्रीको कार्यभार सम्हालेनन् तर क्याबिनेट बैठकमा गए जनमत पार्टीका मन्त्री

सिके राउत नेतृत्वको जनमत पार्टीका मन्त्री अब्दुल खान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले रोजेको मन्त्रालयको नदिएको भन्दै मंगलबार सपथ लिन गएनन् ।

खानलाई प्रधानमन्त्री प्रचण्डले आफूले सपथ लिएको दिन नै कुनै पनि जिम्मेवारी नतोकी मन्त्री पदको सपथ खुवाएका थिए ।

मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा जनमत पार्टीले उद्योग तथा वाणिज्य मन्त्रालय मागे पनि खानलाई खानेपानी मन्त्रीको जिम्मेवारी दिइएको थियो । यसमा असन्तुष्टि जनाउँदै उनी न सपथ कार्यक्रममा सहभागी भए, न कार्यभार नै सम्हालेका छन् ।

तर, विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक बुधबार सिंहदरबारमा हुँदा खान त्यो बैठकमा सहभागी भएका छन् ।

राउतको पार्टी जनमतले आफूले मागेको मन्त्रालय नपाएपछि योे सरकारमा रहिरहने वा छोड्ने भन्ने निर्णय गरिसकेको छैन । उसले आफूले रोजेका मन्त्रालय नदिने हो भने आफूलाई दुई मन्त्रालय चाहिने सर्त अगाडि सारेको छ ।





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १६:१९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया