महामन्त्री शर्मा भन्छन् - कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति देख्न पाउनुहुनेछ
फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुने बताएका छन् ।  राष्ट्रपति पदमा अब आफ्नो पार्टीले प्रस्ताव गरेको व्यक्ति चयन हुने जिकिर गर्दै उनले त्यस्तो बताएका हुन् ।

बुधबार सभामुख पदका लागि ईश्वरी न्यौपानेको मनोनयनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति देख्न पाउनुहुनेछ ।’

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो । 





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १६:४७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया