वर्तमान सरकारमा नजाने जसपाको निर्णय

जनता समाजवादी पार्टी (जसपा) वर्तमान सरकारमा नजाने भएको छ।

बुधबार बसेको जसपा संसदीय दलको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सात दलीय सरकारमा नजाने निर्णय गरेको हो।

जसपाले सत्तारूढ दलहरूले आफूलाई सन्तुलित र न्यायोचित मन्त्रालय नदिएको भन्दै असन्तोष पोख्दै सरकारमा नजाने निर्णय गरेको हो।

संसदीय दलको बैठक हिजो पनि बसेको थियो। सरकारमा नगए पनि समर्थन भने कायमै रहेको जसपाले जनाएको छ।

जसपाले सभामुखमा नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेलाई समर्थन गरिसकेको छ।





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १७:२०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया