मन्त्रिपरिषद बैठक : के-के भए निर्णय ?

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । मन्त्रिपरिषद् विस्तारपछि आज पहिलो बैठक बसेको हो । 

आजको बैठकले मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ । त्यस्तै, विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गरिएको छ ।

हालसम्म हुँदै आएको पदक वितरण उचित नभएको भन्दै आफ्नो क्षेत्रका विशिष्ट व्यक्तिले पदक पाउने गरी मापदण्ड बनाउने समझदारी भएको छ ।

त्यसैगरी, क्रसर उद्योगका विषयमा सम्बन्धित पक्षका पनि कुरा सुनेर छिट्टै समस्या समाधान गर्ने निर्णय बैठकले गरेको छ । देशभरका अधिकांश क्रसर उद्योग अवैधानिक रुपमा सञ्चालन भइरहेकाले हाल बन्द गरिएको छ ।

सरकारले उखुको मूल्य प्रति क्विन्टर ५४० रुपैयाँ तोकेको छ । त्यस्तै, उखुको ढुवानी भाडा प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने पनि निर्णय गरेको छ । 

बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री रेखा शर्मालाई दिएको छ । 





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १८:४९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया