कुराभन्दा काम गरेर देखाउँनेछौँ : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वर्तमान सरकारले कुराभन्दा काम गरेर देखाउने बताएका छन् । नेकपा (एमाले) व्यास नगर कमिटीले आज दमौलीमा आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री अधिकारीले धेरै कुरा गर्ने, तर काम नगर्ने प्रवृत्ति हाबी भएको भन्दै आफूहरु काममा केन्द्रित हुने उल्लेख गरे । 

विकास नहुनुको मुख्य जड कुरा बढी गर्ने प्रवृत्ति रहेको भन्दै उनले भने, ‘अहिलेको सरकारले कामबाटै जनताको विश्वासलाई पूरा गरेर देखाउनेछ ।’ मुख्यमन्त्री अधिकारीले जनताले कुरा गर्ने नेतालाई पत्याउन छाडेको बताए । 

गण्डकी प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने भन्दै मुख्यमन्त्री अधिकारीले सानो आकारको मन्त्रिमण्डल बनाइने प्रष्ट पारेका थिए । ‘ठूलो आकारको सरकार बनाउने पक्षमा हामी छैनौँ, सानो र चुस्त आकारको मन्त्रिमण्डल बनाउँछौँ,’ उनले भने । 

नेकपा (एमाले) स्थायी कमिटी सदस्य समेत रहेका अधिकारीले चौतर्फी घेराबन्दी हुँदा पनि पार्टीले सफलता हासिल गरेको बताए । विकास निर्माणमा सरकारको स्रोतसाधनले भ्याएसम्मका काम गरिने मुख्यमन्त्री अधिकारीले बताए । 

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत, एमाले केन्द्रीय सल्लाहकार सदस्य एकबहादुर रानालगायतको उपस्थिति थियो । 





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १९:५९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया