सिके राउतले भने - मधेसी र थारूलाई राज्यबाटै बहिष्करण भयो, मधेसले यसको प्रतिकार गर्नेछ
फाइल फाेटाे

जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले मन्त्रिपरिषद विस्तारमा असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा मधेसी र थारूलाई राज्यबाटै बहिष्करण गरिएको उनको भनाई छ । 

उनले मधेसी र थारूलाई राज्यबाटै बहिष्करण भएको उल्लेख गर्दै अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढेको ले  मधेसले यसको प्रतिकार गर्नेसमेत बताएका छन् ।

‘कुरा केवल जनमत पार्टीको होइन, जसपा/लोसपा/जनमत/नाउपा सबैलाई पाखा लगाउँदै शासकवर्गले बूलडोज गरेको हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चरम नश्लवादीहरूको झुण्ड  पूरै मधेसी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, "यो देश तिम्रो होइन" भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढेका हुन्।  मधेसले यसको प्रतिकार गर्नेछ।’ 





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार ८:११:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया