महाराष्ट्रको मुम्बई–गोवा राजमार्गमा एउटा भयानक सडक दुर्घटना भएको छ । कार र ट्रक ठोक्किँदा त्यसमा सवार ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा चार महिला पनि छन् । घटनामा एकजना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटना रायगढको मानगाउँको रोपोलीमा भएको हो । ट्रकसँग ठोक्किएको कार क्षतविक्षत भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।