ओलीको भनाइबाट झस्किएका छौँ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख उम्मेदवार ईश्वरीदेवी न्यौपानेको समर्थनमा बोल्दै उनले प्रतिनिधिसभा विघटन प्रतिगामी होइन भन्ने ओलीको व्यवहारबाट सबै झस्किएको बताएका हुन् । 

‘संविधानले ग्रहण गरेको अवलम्वन र व्यवस्था गरेको प्रणालीले कार्यपालिकाभन्दा माथि कसैले नीति निर्देशन दिन मिल्छ र? हामी झस्केका छौँ । जनता झस्केका छन् । प्रतिनिधिसभाको विघटन प्रतिगमन होइन भन्नुभएको छ । बाहिरको र नेपालको संसदीय प्रणालीमा केही न केही फरक छ । उहाँले यस्तो भन्नुमा संघीयतामाथि नै खतरा आइरहेको छ भन्ने महसुस भएको छ । हामीले त्यो सबै कुरालाई ध्यानमा राखेर विश्वासको मत दिएका छौँ । विपक्षीले विश्वासको मत दिँदा खुसी मनाउनुपर्ने ठाउँमा चिन्ता हुन्छ भने के महत्व? प्रतिस्पर्धालाई प्रतिशोधको भावनाले हेर्नु हुँदैन,’ निधिले भने । 

उनले ओलीको भनाइले संघीयता नै खतरामा रहेको आशंका उब्जिएको पनि बताए । उनले सभामुखमा ईश्वरीदेवी न्यौपाने सबैभन्दा योग्य पात्र भएको पनि बताए । सांसद निधिले सभामुखकी उम्मेदवार न्यौपाने योग्य, अनुभवी, क्षमतावान, कल्पनाशील दूरदर्शी व्यक्तित्व रहेको पनि बताए ।

‘प्रतिनिधिसभाको सभामुखको लागि उहाँ कुनै पनि नयाँ व्यक्ति हुनुहुन्न । उहाँ सबैभन्दा योग्य, अनुभवी, क्षमतावान, कल्पनाशील दूरदर्शी व्यक्तित्व हुनुहुन्छ,’ निधिले भने ।   





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार १३:४८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया