संसदमा ज्ञानेन्द्र शाहीले भने - उच्च ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्रबहादुर शाहीले उच्च ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने​ बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै उनले २०४७ सालदेखि अहिलेसम्म उच्च ओहदामा बसेका सबै सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन यही सदनबाट गर्नुपर्ने बताएका हुन् ।

‘अहिले पनि हामीले भ्रष्टाचारका धेरै कुरा गरिरहेका छौँ । २०४७ सालदेखि अहिलेसम्म उच्च ओहदामा बसेका सबै सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन यही सदनबाट गर्नका लागि सभामुखले सहयोग गर्नुहुनेछ भन्ने आशा गर्छु,’ शाहीले भने । उनले वर्तमान संविधानको औचित्यमाथि पनि प्रश्न उठाए ।

‘आज हामीले बनाएको संविधान जनताका दैनिक जीवनसँग जोडिए कि जोडिएनन्? यो सदनभित्र वाइडबडी, एनसेल, मेलम्चीजस्ता भ्रष्टाचारका काण्डमा अघिल्ला सभामुखले कुरा उठाएकी उठाएनन्? यो विषयवस्तु बनेको छ’, शाहीले भने, ‘आज हामी सदनमा आइरहँदा हामीजस्ता हजारौं युवाहरू अर्काको देशमा काम गर्न बाध्य छन् । सरकार प्रमुख र माननीयहरूले लगाएको कोटमाथिको संसदको चिन्हलाई पनि हेरेर गौरव गर्नुपर्ने त्यति धेरै कारण देख्दिनँ ।’





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार १४:८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया