लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन्। मुख्यमन्त्री गिरीले प्रदेशसभाको बिहीबारको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए।

उनको प्रस्तावको पक्षमा प्रदेशसभामा ५७ मत प्राप्त भयाे । यस्तै, विपक्षमा २८ मत पर्‍यो। प्रदेशसभामा बहुमतका लागि ४४ सांसदकाे  
समर्थन आवश्यक थियाे ।  

लुम्बिनी प्रदेश सभामा हाल ८७ जना प्रदेशसभा सदस्य छन् । बिहीबारको बैठकमा सभामुखबाहेक ८५ जना उपस्थित थिए। 

मुख्यमन्त्री गिरीलाई एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत र लोसपाका सांसदले समर्थन गरेका थिए । 

नेकपा एमाले प्रदेश संसदीय दलका नेता रहेका गिरी पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। 





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार १६:३५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया